फागुन, १८,आइतवार पोखरा ।
काठमाडौंको कलंकीमा स्थापना भएको सामाजिक तथा धार्मिक संस्था मानव सेवा फाउण्डेसन नेपालप्रती अहिले धेरैको विश्वास बड्र्दै गएको छ । गत श्रावण महिनामा सञ्चालन भएको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ पश्चात चर्चामा आएको सामाजिक संस्था मानव सेवा फाउण्डेन अहिले देशभर निकै लोकप्रिय बन्दै गएको छ ।
भक्तपुरको ताथलीमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम र गोदावरी नगरपालिका तलितपुरमा मामाघर आश्रम सञ्चालन गरेको फाउण्डेसन नेपाल देशका विभिन्न स्थानमा आश्रम स्थापना गरि आभिभावक विहिन वालबालिका अनि वेसाहारा आमावुवालाई आश्रय दिने हेतुका साथ अहिले लागि परिरहेको छ ।
यसैविच अहिले ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञको तयारीको पूर्व सन्ध्यामा रहेको फाउण्डेसनलाई पोखरामा पनि धेरै जनताको साथ र समर्थन प्राप्त भएको छ । यसैविच आश्रम स्थापनाको लागि भनेर एक परिवारले २० रोपनी भन्दा बढी जग्गा प्राप्त भएको फाउण्डेसनका संस्थापक अध्यक्ष वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।
उनले कहाँ कस्ले दिएको केही खुलाएका छैनन् तर फेसबुकमा लेखेका छन–मानव सेवा फाउन्डेसनलाई कास्कीमा २० रोपनि भन्दा बढी जमिन दान प्रदान गर्ने भन्दै दाता आउनुभयो, यसको घोषणा कोटिहोम महायज्ञको समुद्घाटनको दिनमा गरिनेछ। जमिन प्राप्त गर्ने प्रक्रिया सुरु ।
फाउण्डेसनले आगामी बैशाख १७ गते देखि जेष्ठ २६ गते सम्म पोखराको लेकसाइडमा ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ आयोजना हुदै छ ।
Signing up for JILI7 and logging in was super easy thanks to the info on jili7loginregister. Quick and straightforward process!