ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा भारतका चर्चित कथा वाचक अनिरुद्धाआचार्य जी महाराज आउने,भारतबाट पठाए शुभकामना सन्देश

News मुख्य समाचार समाचार

फागुन १५,बिहिबार,पोखरा ।

आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ मा भारतका चर्चित विश्वविख्यात कथा वाचक अनिरुद्धाआचार्य जी महाराज आफु सहभागी हुने जानकारी सहित कोटिहोम महायज्ञ सफलताको शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले शुभकामना व्यक्त गर्दै सबैलाई उपस्थित भई यज्ञको लाभ प्राप्त गर्नको लागि पनि आग्रह गरेका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्–नेपालकै सुन्दर अनि चर्चित सुन्दरतम् रमणीय पर्यटकिय क्षेत्र ३० अप्रिल २०२५ देखि ९ जुन २०२५ सम्म ऐतिहासिक गण्डकी गायत्री कोटिहोम महायज्ञमा अनेक तपष्वी सन्तजनहरुको उपस्थित रहनेवाला छ । मानव सेवा फाउण्डेसनले विश्व शान्तिको कामना गर्दै आयोजना गरेको उक्त विशाल कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु । गत श्रावण महिनामा पशुपति क्षेत्रमा भएको कोटिहोम महायज्ञमा म सहभागी भए त्यहा मैले आम भक्तजनहरुको अपार माया प्राप्त गरे । म पुन नयाँ बर्षको अवसरमा मे २० तारिकको दिन पुनः पोखरा आउने छु ।
त्यस्तै उनले शुभकामना सन्देशमा सबैलाई महायज्ञमा सहभागी भई सबैलाई पुण्यको भागीदार बन्नको लागि पनि आग्रह गरेका छन् ।

1 thought on “ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा भारतका चर्चित कथा वाचक अनिरुद्धाआचार्य जी महाराज आउने,भारतबाट पठाए शुभकामना सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *