शान्तिपूर्ण आन्दोलन कि डरको राजनीति ?—

जेन–जी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निजी निवासमा भएको आगजनीले नेपाली समाजको गहिरो रोग उजागर गरेको छ । सो घटनामा भम्भीर घाइते भएकी उनकी पत्नी रविलक्ष्मी चित्रकार उपचारका लागि भारत पुग्न बाध्य भइन्, र उपचार पुरा गरी हालै स्वदेश फर्किएकी छन् । यो घटनाक्रम कुनै एक परिवारको पीडामा सीमित छैन, यसले आन्दोलनका नाममा फैलिँदै गएको […]

पुरा पढ्नुहोस्

सुशासनको माग कि असहज राजनीतिप्रतिको चेतावनी ? —

माइतीघर मण्डलामा मिराज ढुंगाना सहित युवाहरुले उठाएको स्वर कुनै एक व्यक्ति वा समूहको असन्तुष्टि मात्र होइन, आजको राजनीतिप्रति बढ्दो वितृष्णाको प्रतिविम्ब हो । “जेन्जीको माग चुनाव होइन, सुशासन हो” भन्ने नारा स्वयंमा गहिरो अर्थ बोकेको छ । यसले सत्ता परिवर्तन भन्दा पनि शासनको चरित्र परिवर्तन आवश्यक रहेको संकेत गर्छ । लोकतन्त्रको मूल आत्मा जनताको अभिव्यक्ति […]

पुरा पढ्नुहोस्

राजनीतिमा व्यक्तिगत आरोप र सत्यको भूमिका—

काठमाण्डौंबाट चुनाव लड्ने घोषणा गरेका चर्चित कलाकार धतुरेले रबि लामिछाने माथि सार्वजनिक रुपमा गम्भिर आरोप लगाएसँगै नेपाली राजनीति फेरी तातिएको छ । उनको अभिव्यक्तिले राजनीतिक बहस भन्दा पनि आरोप—प्रत्यारोपणको संस्कारलाई उजागर गरेको छ, जहाँ तथ्य भन्दा भावनात्मक वक्तव्यले बढि स्थान पाउने गरेको देखिन्छ । धतुरेले रबि लामिछानेलाई “ठग” को संज्ञा दिदै सहकारी ठगी, नागरिकता विवाद, […]

पुरा पढ्नुहोस्

भोट केवल अधिकार होइन, सामाजिक जिम्मेवारी पनि हो—

मतदान लोकतन्त्रको आत्मा हो, तर यो प्रक्रिया केवल मतपत्रमा चिन्ह लगाउने औपचारिक कर्ममा सीमित हुनु हुँदैन । भोट हाल्नु अगाडी हामीले ती अनुहारलाई सम्झनु पर्छ, जसमा पिडा लुकेको छ, आँखामा आँसु थामिएको छ र मनमा आशा बाँकी छ । ती अनुहारहरु हाम्रो समाजको कठोर यथार्थका साक्षी हुन् । राजनितिक भाषण नाराभन्दा पर, आम नागरिकको जीवन […]

पुरा पढ्नुहोस्

मानवताको पहिचान देखाएको सप्तरी प्रहरी—

समाचारहरु प्रायः अपराध, विवाद र असफलताले भरिएका हुन्छन् । तर कहिलेकाहीं यस्ता खबर पनि आउँछन्, जसले समाजमा आशा, विश्वास र मानवताको उज्यालो झल्को देखाउँछन् । सप्तरीका मजदुर विष्णु सदालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले गरेको सहयोग त्यस्तै एउटा उदाहरण हो । दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका सदाका लागि साइकल केवल सवारी साधन थिएन, त्यो उनको […]

पुरा पढ्नुहोस्

स्मृतिमा सीमित नहोस सम्मान—

भीमदत्त नगरपालिकाले प्यालेस्टिनमा ज्यान गुमाएका विपिन जोशीको शालिक निर्माण गर्ने र सम्बन्धित चोकलाई “विपिन जोशी चोक” नामाकरण गर्न निर्णय गर्नु मानवीय संवेदना र सम्मानको प्रतिक हो । अन्तराष्ट्रिय द्धन्दको चपेटामा परेर ज्यान गुमाएका एक युवाको एक नेपाली युवाको स्मृतिलाई सार्वजनिक स्थापना गर्ने यो कदमले पिडामा रहेका परिवारप्रति सहानुभूति मात्र होइन, राज्य र समाजको जिममेवारी बोध […]

पुरा पढ्नुहोस्

शिक्षामा लगानी, भविष्यमा लगानी —

काठमाण्डौं महानगरपालिकाले पछिल्लो एक वर्षमा शिक्षा क्षेत्रमा गरेको हस्तक्षेप केवल कार्यक्रमको सुची होइन, स्थानीय सरकारको दृष्टि र प्राथमिकताको स्पष्ट संकेत हो । एकै वर्षमा ३० हजार भन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृति, ५६ हजारभन्दा बढीलाई निःशुल्क पुस्तक तथा अध्ययन सामाग्री, र १७ हजार भन्दा बढी छात्रालाई स्यानिटरी प्याड वितरण—यी तथ्यांक आफैंमा गम्भीर सामाजिक प्रतिबद्धताको साक्षी हुन् […]

पुरा पढ्नुहोस्

अनुशासन कि अपमान ? विद्यालयको कर्तव्य पुनः परिभाषित गरिनुपर्छ—

विद्यार्थीको कपाल लामो भयो भन्दै जथाभावी मुन्डन गरिनु कुनै अनुशासन होइन्, त्यो सिधै अपमान हो । काठमाण्डौं महानगरपालिकाभित्रका केही विद्यालयमा यस्ता घटना भएको गुनासो सार्वजनिक हुनु आफैमा चिन्ताजनक विषय हो । विद्यालय ज्ञान र संस्कार सिकाउने थलो हो, डर लाज र मानसिक घाउ बाँड्ने कारागार होइन । अनुशासनका नाममा विद्यार्थीमाथि गरिने यस्ता ढण्डात्मक व्यवहारले उनीहरुको […]

पुरा पढ्नुहोस्

बिछोडको पिडा मायाको मूल्य—

माया आखिर माया नै रहेछ । सौराहाको जंगल र बस्तीमा हुर्किरहेका दुई हात्ती आज कतारको यात्रामा छन् । यो यात्रा केवल भौगोलिक दूरीको होइन्, भावनात्मक सम्बन्धको चिरा पार्ने यात्रा समेत हो । हात्तीसँगै तिनका हेरालु बुद्धिलाल र पाँचु पनि कतार पुगेका छन्, तर उनीहरुको मन भने अझै सौराहामै अड्किएको छ । चार वर्षदेखि रुद्रकली हात्तीको […]

पुरा पढ्नुहोस्

ऋणले सुधार कि बोझ ?

नेपालले सार्वजनिक वित्त व्यवस्थापन र सिँचाइ सुधारका नाममा एशियाली विकास बैंक (ए डी बी) बाट १४ अर्ब ३८ करोड रुपैया सहुलियत ऋण लिएको छ । कागजमा हेर्दा यो ऋण सुधारको अवसर जस्तो देखिए पनि व्यवहारमा यसले कस्तो नतिजा दिन्छ भन्ने प्रश्न अझै खुलै छ । सार्वजनिक वित्त व्यवस्थापन कमजोर हुनु र सिँचाइ पूर्वाधार अपेक्षित रुपमा […]

पुरा पढ्नुहोस्