रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२६ शुक्रबार । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। ​लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित हुन लागेका हुन्। कास्की जिल्ला अदालतको आदेश अनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी प्रहरीको हिरासतबाट […]

पुरा पढ्नुहोस्

‘एचएमपीभी रुघाखोकी गराउने भाइरस हो, हल्लाको पछाडि नलाग्नुस्’

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२५,बिहिबार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ ९एचएमपीभी० साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ । ‘जाडो महिनामा श्वासप्रश्वासजन्य संक्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव […]

पुरा पढ्नुहोस्

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

हालखबर मिडिया डेक्स ,काठमाडौंपुस–२४,बुधबार । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले […]

पुरा पढ्नुहोस्

सेतो मछिन्द्रनाथको महास्नान गरियो

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२४,बुधबार । सेतो मछिन्द्रनाथको महास्नान मंगलबार काठमाडौंको केलटोलस्थित जन बहाः परिसरको विशेष मण्डपमा विधिपूर्वक गरिएको छ। शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरूबाट स्नान गराइएको हो। यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ । हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मछिन्द्रनाथलाई महास्नान गराइन्छ। मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा […]

पुरा पढ्नुहोस्

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२२, सोमबार । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ । दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित […]

पुरा पढ्नुहोस्

हिमआँधीको चपेटामा अमेरिका, ७ राज्यमा संकटकाल

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२२ सोमबार । अमेरिकामा भीषण हिमपातसहितको आँधीले करोडौँ मानिस प्रभावित भएका छन्। केन्टकी, भर्जिनिया, वेष्ट भर्जिनिया, केन्सास, अर्कान्सस, न्यूजर्सी र मिसौरीलगायत कयौँ राज्य हिमपातसहितको आँधीबाट प्रभावित भएका छन्। यी राज्यमा बसोबास गर्ने ६ करोडभन्दा बढी मानिसको दैनिकी कष्टकर बनेको बीबीसीले जनाएका छन् । अत्यधिक हिमपात र आँधी चलेपछि यी राज्यहरुमा संकटकाल घोषणा गरिएको […]

पुरा पढ्नुहोस्

रवि लामिछानेलाई छुटाउन आज सोविता गौतमले बहस गर्ने

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२२ सोमबार । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन्। सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ। न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून […]

पुरा पढ्नुहोस्

पश्चिमी न्यूनचापीय प्रणालीले आज र भोलि यी स्थानमा वर्षा र हिमपात

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२२ सोमबार । नेपालमा सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना छ। आइतबार साँझ पश्चिमी भूभागमा बादल प्रवेश गर्न शुरु गरिसकेको र त्यसको प्रभावस्वरूप दुई दिन वर्षा र हिमपात हुने महाशाखाले बताएको छ। सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली […]

पुरा पढ्नुहोस्

त्रिविले बनाउन थाल्यो नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१,आइतबार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। त्रिविले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। यसअघि अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको भन्दै दुवै भाषामा प्रश्नपत्र निर्माण गर्नुपर्ने माग उठेको थियो। पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले […]

पुरा पढ्नुहोस्

चिया पिउन छिमेकीको घरमा गएकी वृद्धाको ग्यास लिक आगलागी हुँदा मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१, आइतबार । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध […]

पुरा पढ्नुहोस्