धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको प्रतिमा श्रम संस्कृति पार्कमा मंगलबार एक समारोहबीच अनावरण गरिएको छ।
प्रतिमा अनावरणपछि आयोजित कार्यक्रममा बोल्दै मेयर साम्पाङले प्रतिमा आफ्नो नभई सम्पूर्ण श्रमिकहरुको सम्मानको प्रतिक भएको उल्लेख गरे। “यो हर्क साम्पाङको मात्र होइन, जसले बिरुवा रोप्न सघायो, ढुङ्गा बोक्न सघायो, ती सबैको प्रतिमा हो,” उनले भने।
उनले अफगानिस्तानमा शिक्षण पेसामा कार्यरत रहँदाको आकर्षक जागिर छोडेर नेपाल फर्किएको स्मरण गर्दै भने, “गोरालाई इङ्लिस पढाउने, कम्प्युटर टिचर भएर पनि म यहाँ आएँ, किनभने मलाई यहाँ केही गर्नुछ भन्ने लाग्यो।”
Looking for some good affiliate programs, and dafabetaffiliates.net seems legit. Checking out what they’ve got to offer. Fingers crossed for a good partnership! Check them out here: dafabetaffiliates