दाङका दुई पालिकाले शिक्षण संस्थाहरुमा बिदा दिएका छन्।
लुम्बिनीको राजधानीको केन्द्र रहेको राप्ती र गढवा गाउँपालिकाले भारी वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै पालिकाका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिएको हो।
राप्ती गाउँपालिकाले सोमबार र मंगलबार गरी दुई दिन र गढवा गाउँपालिकाले सोमबारदेखि पाँच दिन बिदा दिएको हो।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथ व्यवस्थापन प्राधिकरणले असार १४ गते दाङमा भारी वर्षा हुने भनेर सूचना जारी गरेको थियो।
सोही सूचनालाई आधार मानेर आइतबार दुई गाउँपालिकाले दुई दिन पालिकाभरका सम्पूर्ण विद्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बर्षे बिदाबाट कट्टी हुने गरी बिदा दिइएको राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले जारी गरेको सूचनामा उल्लेख छ।
उनल बिदाको अवधिमा बालबालिकालाई साना तथा ठूला नदी, इनार, पोखरीजस्ता जलस्रोतबाट टाढा राख्न, अत्यावश्यक बाहेक त्यस्ता क्षेत्रतर्फ जान नदिन र मौसमी बुलेटिनका अद्यावधिक जानकारीको आधारमा मात्र दैनिक कार्य सञ्चालन गर्न अनुरोध गरेका छन्।
गढवा गाउँपालिकाका शिक्षा शाखाका अधिकृत श्यामबहादुर विकले आइतबार जारी गरेको सार्वजनिक सूचनामा खेतीपातीको समय भएको हुँदा शिक्षक र विद्यार्थीको उपस्थिति विद्यालयमा कम हुन गएकोले पाँच दिन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
असार १५ गतेको निर्णय अुनसार १५ गतेदेखि २० गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको उल्लेख छ।
बर्षे बिदाबाट कट्टी गरिने गरि विद्यालय बन्द गरिएको सार्वजनिक सूचनामा उल्लेख छ।
जारी सूचनामा पाँच दिनको मात्रै सार्वजनिक बिदा भनिएपनि विद्यालय भने नियमित रुपमा असार २६ गते मात्रै लाग्ने अवगत गराइएको छ।
यी दुवै पालिका राप्ती नदीको तटिय क्षेत्रका पालिकाहरु हुन्। राप्तीमा ठूलो बाढी आउँदा नदी तटीय क्षेत्र सालिन्दा डुबानमा पर्ने गर्छ। राप्तीको बाहवले राप्ती, गढवा र लमही नगरपालिकाका विभिन्न क्षेत्रहरू जलमग्न हुने गर्छन्।
The login process for 92dadulogin is smooth and quick. Nice when you just want to hop in and play! Log in: 92dadulogin.