चैत्र १२, बुधबार ।
पोखरा महानगरपालिका वार्ड नं.१७ बिरौटामा सञ्चालन हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को तयारी तिब्र रुपमा अगाडी बढेको छ । एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको शत कुण्डिय कोटिहोम महायज्ञको आन्तरिक तथा बाह्य तयारी तिब्र रुपमा अगाडी बढेको आयोजक मानव सेवा फाउण्डेसन कास्की शाखाले जानकारी दिएको छ ।
आयोजकका अनुसार आन्तरिक तयारी करिब ९५ प्रतिशत सम्पन्न भैसकेको छ । त्यस्तै अहिले कार्यक्रम स्थलमा पण्डाल निर्माण गर्ने कार्यहरु भैरहेका छन् । त्यस्तै स्वागतद्धार निर्माण गर्ने देखि लिएर अन्य कार्यहरु अगाडी बढेको आयोजकले जानकारी दिएको छ ।
कोटिहोम महायज्ञका कार्यक्रमका विविध प्रचारप्रसारका कार्यक्रम यहि चैत्र १७ गते देखि प्रारम्भ भई २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुने छ । त्यस्तै कोटिहोमको कार्यक्रम २०८२ जेठ १७ गते देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका स्थानियहरुको जमिनमा सञ्चालन हुने छ ।
Lonuoirongbachkim, I recently gave lonuoirongbachkim a go, and it was interesting i would say. There are many options! But some are overwhelming at first. Have a check here: lonuoirongbachkim