फागुन २५, आइतबार पोखरा ।
पोखरामा रहेका विभिन्न धार्मिक संघ सस्थाहरुले पोखरामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कुदृष्ट्रि लगाएको आरोप लगाएका छन् । आज पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो आरोप लगाएका हुन ।
विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश समीती, जिल्ला शाखा कास्की,संस्कृत युवा मञ्च कास्की,मातृशक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाहरुले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा मानव सेवा फाउण्डेसन नेपालले आयोजना गर्न लागेको शत कुण्डीय गायत्री कोटिहोम महायज्ञको भूमी पूजनको क्रममा पोखरा महानगरका प्रहरीहरु र घुसपैठीया गुण्डाहर प्रयोग गरि उक्त भूमी पुजनमा अवरोध गरेकोमा गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
विश्व हिन्दु महासंघ नेपाल जिल्ला कार्य समिती कास्की का अध्यक्ष जगन्नाथ कोइरालाको हस्ताक्षर रहेको विज्ञप्तीमा सनातन धर्मको प्रवद्र्दनको लागि गरिने अनुष्ठानमा कुनै पनि निकायद्धारा विभिन्न बाहानामा अवरोध गर्न खोज्नु त्यस्ता निन्दनिय कार्यप्रति खेद प्रकट गरिएको छ ।
त्यस्तै विज्ञप्तीमा पोखरा महानगरपालिकाले नै हिजोको झगडा सुरु गरेको बताइएको छ । त्यस्तै महानगरपालिकालाई दवाब दिनको लागि आइतबार विहान विभिन्न धार्मिक संघसस्थाको आयोजनामा महानगरपालिका शान्तिपूर्ण धर्ना गरिने पनि बताइएको छ ।
The bw777link is working fine. Everything looks solid. Find it here: bw777link.