मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान

News


फागुन २१,बुधवार पोखरा

लामो समयदेखी समाजिक तथा धार्मिक क्षेत्रमा काम गर्दै आएको श्री मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विधान २०५८ को (आठौं संशोधन २०८१,पोखरा सहित) परिछेद ३ दफा ९ को उपदफा ९.१ (ख) बमोजिम फाउण्डेसनलाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगीता २०८१ को अवसरमा भरतपुर चितवनमा अध्यक्ष रीता थापाले प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् ।
फाउण्डेसनले आगामी २०८२ बैशाख १७ गते देखी जेठ २६ गते सम्म पोखराको लेकसाइडमा ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको आयोजना गरेको छ ।

1 thought on “मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *