हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–१०,बिहिबार ।
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका हुन्।
रेलवेका जनसम्पर्क अधिकारीका अनुसार पुष्पक एक्सप्रेसका यात्रीबीचमा रेलमा आगो लागेको अफवाह फैलिएको थियो।
त्यसपछि रेलको चेन खिचेर रोकेर यात्रीहरु उत्रिएका थिए। सोही समयमा अर्कोतर्फबाट बेंगलुरुदेखि दिल्ली जाँदै गरेको कर्नाटक एक्सप्रेसको चपेटामा केही यात्रु आएका थिए।
रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो। यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन्।
दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ।
I found mxn777 recently and I gotta say, it’s got potential. The games run without a hitch. I recommend checking them out: mxn777