हालखबर मिडिया डेक्स,काठमाडौं
माघ १ मंगलबार ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को समयतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य ९वेदविद्याश्रम तर्फ० अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।
परीक्षार्थीले रजिस्ट्रेसनरपरीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे यस कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ साल वैशाख मसान्त भित्रमा अनिवार्य रूपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सिधै यस कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन अनुरोध गरिएको छ ।
Hey, just checked out 8143com and it’s pretty slick! A decent place to kick back and maybe get lucky. Worth a look definitely! 8143com