रुपन्देही–२ को चुनावी समीकरण एकाएक फेरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस लाई समर्थन गर्ने निर्णय गरेसँगै सत्ता–विपक्षबीचको प्रतिस्पर्धामा नयाँ मोड आएको छ। राप्रपाले कांग्रेससँग आफ्नो एजेन्डा मिल्दोजुल्दो रहेको दाबी गर्दै समर्थन औपचारिक बनाएको हो।
यो निर्णयले विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार विष्णु प्रसाद पौडेल लाई प्रत्यक्ष धक्का दिएको विश्लेषण हुन थालेको छ। रुपन्देही–२ एमालेका लागि परम्परागत प्रभाव क्षेत्र मानिँदै आएको अवस्थामा राप्रपाको समर्थन कांग्रेसतर्फ मोडिनु रणनीतिक क्षति ठानिएको छ।
यस क्षेत्रमा एमालेबाट विष्णुप्रसाद पौडेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट बिश्वदिप पाण्डे (सुभाष) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुलभ खरेल चुनावी मैदानमा छन्।