आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। राजधानीसहित देशका विभिन्न स्थानमा विशेष समारोह, झण्डोत्तोलन, सभासमारोह तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना!