मतदाताबाटै चुनाव खर्च सहयोग-

News

आविष्कारक तथा सामाजिक अभियन्ता महावीर पुन ले चुनावी अभियानका क्रममा अनौठो अनुभव सार्वजनिक गरेका छन्।
गाउँगाउँमा भोट माग्न जाँदा मतदाताले उल्टै “चुनाव खर्च” भन्दै आफूलाई नै रकम सहयोग गरिरहेको उनले बताएका छन्। सामान्यतया उम्मेदवारले मतदातालाई प्रभाव पार्न खर्च गर्ने प्रवृत्ति सुनिँदै आएको सन्दर्भमा पुनको अनुभव फरक र रोचक देखिएको छ।
उनका अनुसार सहयोगस्वरूप प्राप्त रकमको सम्पूर्ण हिसाब–किताब पारदर्शी रूपमा सार्वजनिक गरिनेछ। पैसामात्र होइन, धेरै ठाउँमा स्थानीयले खान–बस्नेसमेत व्यवस्था गरिदिएको उनले उल्लेख गरेका छन्।