देशमा कानुनी शासन छ।
कानुनको परिधिभित्र रहेर बोल्ने, विचार राख्ने, joke–satire गर्ने, आलोचना र विरोध गर्ने अधिकार नागरिकको मौलिक अधिकार हो।
यो कुरा एमालेका सचिवजस्तो जिम्मेवार पदमा बसेका व्यक्ति महेश बस्नेतलाई थाहा नहुने कुरा होइन।
तर पछिल्लो समय उहाँले सार्वजनिक मञ्चहरूमा बारम्बार मेरो नाम जोड्दै झुटा आरोप लगाउँदै आएको तथ्य म आफैंले स्पष्ट रूपमा देख्दै र सुन्दै आएको छु।
विचार राख्नु अपराध होइन, तर असत्य आरोप लगाएर डर सिर्जना गर्नु लोकतन्त्रको लक्षण होइन—यो दमनको संकेत हो।
आज म आफ्नो धारणा खुला रूपमा राख्दै गर्दा महेश बस्नेतको टिमबाट घम्की आएको जानकारी पाउनु अत्यन्त गम्भीर विषय हो।
यसले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार मात्र होइन, नागरिकको सुरक्षामाथि नै प्रश्न खडा गर्छ।
यसकारण, यदि अबदेखि मेरो ज्यान वा सुरक्षामा कुनै पनि प्रकारको क्षति, खतरा वा अनहोनी भयो भने
यसको पूर्ण नैतिक र कानुनी जिम्मेवारी महेश बस्नेत र उहाँको टिमले लिनुपर्नेछ भन्ने कुरा म यहाँ स्पष्ट रूपमा अभिलेख गराउँछु।