जेन जी आन्दोलनको बेला घाइते भएका शान्तनु ढकाललाई मोरङको उनको सुकुना माध्यामिक विद्यालयले सम्मान गरेको छ—

News

जेन जी आन्दोलनका क्रममा घाइते भएका शान्तनु ढकाललाई मोरङस्थित सुकुना माध्यमिक विद्यालयले औपचारिक रुपमा सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममार्फत ढकालको शाहस, संघर्ष र आन्दोलन प्रतिको प्रतिबद्धताको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रध्यानाध्यापक, शिक्षक—शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रतिनिधिहरुले जेन जी आन्दोलनका क्रममा ढकालले देखाएको सक्रियता र साहसपूर्ण भूमिकाको प्रशंसा गर्दै, उनी जस्ता सचेत र जिम्मेवार युवाहरु समाज परिवर्तनका संवाहक हुने बताए ।
कार्यक्रमका वक्ताहरुले आन्दोलनका क्रममा घाइते हुनु दुःखद भए पनि शान्तनु ढकालको आत्मबल र उदेश्यप्रतिको निष्ठा प्रेरणदायी रहेको उल्लेख गरे । साथै, उनको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यालय परिवार सधैं नैतिक रुपमा साथमा रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
विद्यालयले शान्तनु ढकालको योगदानले विद्यार्थी समुदायमा सचेतना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुगेको जनाउँदै, यस्ता सम्मान कार्यक्रमहरुले युवाहरुलाई सकारात्मक परिवर्तन तर्फ अग्रसर गराउने विश्वास व्यक्त गरेको छ ।