जेनजी आन्दोलन पछि ओलीसँग नजिकिएका महेश बस्नेतलाई एमाले केन्द्रिय सचिवमा अघि सारिने सम्भावना—

News

काठमाण्डौं— जेनजी आन्दोलन पछि उत्पन्न राजनितिक परिस्थितिमा नेकपा ( एमाले) नेतृत्वको बचाउमा सक्रिय देखिएका नेता महेश बस्नेतलाई पार्टीको आगामी महाधिवेशनमा केन्द्रिय सचिव पदका लागि अघि सारिने सम्भावना बलियो बनेको छ ।
आन्दोलनका क्रममा पार्टी नेतृत्व, विशेषतः अध्यक्ष केपी शर्मा वली, तिव्र आलोचनाको घेरामा परिरहेको बेला बस्नेतले सार्वजनिक रुपमा वलीको पक्षमा दृढ अभिव्यक्ति दिएका थिए ।सामाजिक सन्जालदेखि राजनितिक मञ्चसम्म उनले नेतृतवको रक्षा गर्दै पार्टीभित्र आफ्नो उपस्थितिलाई मजबुत बनाएका थिए ।
उक्त अवधिमा ओलीको राजनितिक तथा व्यक्तिगत हेरचाहमा समेत सक्रिय देखिएका बस्नेतले अध्यक्षको विश्वास जित्न सफल भएको एमाले र्वतमा चर्चा छ । यही विश्वासको आधारमा उनलाई संगठन सञ्चालनसँग प्रत्यक्ष जोडिने केन्द्रिय सचिव पदका लागि अघि सारिने तयारी भइरहेको बताइन्छ ।
पार्टी स्रोतका अनुसार युवा पुस्तासँग संवाद गर्न सक्ने, संगठन चलाउन सक्ने क्षमता भएका र नेतृत्वप्रति निष्ठावान पात्रको खोजीमा रहेको एमाले नेतृत्वका लागि बस्नेत उपयुक्त विकल्पका रुपमा देखिएका हुन् । विशेषगरी जेनजी आन्दोलन पछि कमजोर बनेको युवा मत पुनः आर्कषित गर्न बस्नेतको भूमिका उपयोगी हुने नेतृत्वको बुझाइ रहेको छ ।
तर, उनको उम्मेदवारीलाई लिएर पार्टीभित्र मिश्रित प्रतिक्रिया पनि देखिएको छ । केही नेताहरुले संकटको समयमा नेतृत्वको साथ दिएको आधारमा अवसर पाउनु स्वभाविक भएको बताएका छन्, भने कतिपयले यसलाई नेतृत्व केन्द्रित राजनितिक र निष्ठाको पुरस्कारका रुपमा व्याख्या गरेका छन् ।