शुक्रबार, २७ भदौ २०८२
शीतल निवासले नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न कर्मचारीलाई निर्देशन दिएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति भएको छ।
संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा भने अझै निकास निस्किएको छैन।
काठमाडौँ । नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको हो ।
जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएसँगै गृह मन्त्रालयलाई स्वागतको तयारी थाल्न भनिएको हो । यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा निकास निस्किसकेको छैन ।
बिहीबार राति शीतलनिवास आएसँगै कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपति पौडेलले कांग्रेस र माओवादी केन्द्रका नेतालाई जानकारी गराएका थिए । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुन तथा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासँग पौडेलले यस विषय परामर्श गरेका हुन् ।
कार्कीको विषयमा सहमति जुटेसँगै बिहीबार राति १२ बजे नै गृह मन्त्रालयका कर्मचारीलाई शीतलनिवास बोलाइएको थियो । अन्तिम सहमति नजुटेको भन्दै उनीहरूलाई राति फर्काइए पनि आज बिहान फोनमार्फत नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी थाल्न निर्देशन आएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।
प्रतिनिधिसभा सदस्य नरहेको व्यक्तिलाई कसरी प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा भने राष्ट्रपति पौडेल अझै कानुनविदसँग परामर्शमै छन् ।
Spotted pgviplogin and thought I’d give it a whirl. The VIP login bit makes you feel a bit special, even if it’s just a gimmick. Games seem alright and the site’s easy enough to get around. Give pgviplogin a bash.