पशुपतिमा ५२ दिने विराट ज्ञान महायज्ञ सञ्चालन हुदै

News

पशुपति क्षेत्रमा ५२ दिनसम्म सञ्चालन हुने गरि विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । विगत २ दशकदेखी देशका धेरै जिल्लामा पुगेर कोटिहोम लगायत सयौं यज्ञ यज्ञादीका कर्म गर्दै आएको मानव सेवा फाउण्डेसन नेपालले यस बर्ष पनि पशुपति क्षेत्रमा श्री पशुपति मनकामना पूर्ती तथा संकट मोचन विराट ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ । उक्त श्री पशुपति मनकामना पूर्ती तथा संकट मोचन विराट ज्ञान महायज्ञ आगामी श्रावण महिनाको १ गते देखी भाद्र २१ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।


मानव सेवा फाउण्डेसन नेपालद्धारा सञ्चालित मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको शिलान्यास भइसकेको जमिनमा भवन निर्माण सँगसँगै फाउण्डेसनको अक्षकोष स्थापना सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको बताइएको छ ।

महायज्ञमा विविध धार्मिक अनुष्ठान सँगै कथा प्रवचनको कार्य पनि सञ्चालन हुने छ । कथा प्रवचन गर्नका लागि देश तथा विदेशमा ख्याति प्राप्त कथा प्रवक्ताको सहभागीता रहनेपनि आयोजकले बताएको छ ।

1 thought on “पशुपतिमा ५२ दिने विराट ज्ञान महायज्ञ सञ्चालन हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *