एसइईको नतिजा ७ असारमा नआउने,तथ्यांक अद्यावधिक हुँदै, १५ असारसम्म प्रकाशनको तयारी

News


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा ७ असारमा सार्वजनिक गर्ने घोषणा गरेको भए पनि असम्भव भएको छ । बोर्डका अनुसार तोकिएको मितिभन्दा अझै एक सातापछाडि अर्थात् १५ असारसम्म नतिजा प्रकाशन भैसक्नेछ । यस वर्ष बोर्डले पहिलोपटक परीक्षाअघि नै नतिजा प्रकाशनको मिति सार्वजनिक गरेको थियो ।

महाश्रम शर्मा अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड
घोषित मितिमा नतिजा आउन सक्दैन । किनभने शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो, जसको असर नतिजा प्रकाशनमा परेको छ ।

वैशाख महिनामा झन्डै एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भएकाले नतिजा समयमा आउन नसक्ने स्थिति बनेको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए । ‘घोषित मितिमा नतिजा आउन सक्दैन,’ अध्यक्ष शर्माले भने, ‘किनभने शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो, जसको असर नतिजा प्रकाशनमा परेको छ ।’

1 thought on “एसइईको नतिजा ७ असारमा नआउने,तथ्यांक अद्यावधिक हुँदै, १५ असारसम्म प्रकाशनको तयारी

  1. Yo, checked out z777games. Pretty decent selection if you’re bored and looking for something new to play. Nothing crazy, but solid enough. I’d give it a shot if you’re scrolling for a fresh time killer. Check out z777games and see if it’s your vibe

Leave a Reply

Your email address will not be published. Required fields are marked *