ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञको पूर्वसन्धयामा आज वृहत सरसफाई कार्यक्रम गरिएको छ । आयोजक मानव सेवा फाउण्डेसन नेपालको पहलमा आज पोखरा महानगरपालिका वार्ड नं. १७ को बिरौटा क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो ।
वृहत सरसफाई कार्यक्रममा मानव सेवा फाउण्डेसन, मूल आयोजक समारोह समिति, स्थानीय टोल विकास संस्था, युवा क्लब, आमा समूह, स्थानीय व्यक्तित्व, सम्पूर्ण १७ नंं. वडाबासी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सम्पूर्ण राष्ट्र सेवक कर्मचारीज्यूहरुको सहभागिता रहेको थियो ।
महायज्ञ स्थल संगै वरपरका सम्पूर्ण क्षेत्र सरसफाई गरिएको थियो । श्री गण्डकी कोटिहोम महायज्ञ आगामी बैशाख १७ गतेबाट सुरु भएतापनि अहिले पूर्वसन्ध्यामा विविध कार्यक्रमहरु पनि सञ्चालन भैरहेका छन् । यसैविच चैत्र २९ गतेबाट बाल बिदुषी अनुराधा पाण्डेयले कथा प्रवचन पनि प्रारम्भ गरेकी छिन् । उनले आगामी बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् ।
Another dangnhapbj88 mirror site, huh? Either way, finally logged in! Just double-check your link is the official one. dangnhapbj88