श्री गण्डकी कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै

News

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पूर्व सन्धयामा आयोजित कार्यक्रममा पनि स्थानिय भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।

महायज्ञको पूर्वसन्धयामा अहिले बिरौटाको प्रगती टोलमा राष्ट्रिय भजन प्रतियोगिताको लागि निर्माण गरिएको पण्डालमा विविध कार्यक्रमहरु आयोजना गरिएको छ । हरेक दिन भैरहेको उक्त कार्यक्रममा भक्तजनहरुको सहभागिता बड्दै गएको छ ।

विशेष गरि महायज्ञको पूर्वसन्धाको अवसरमा भारतको उडिसी क्षेत्रमा निकै लोेकप्रिय सूर्य गुरुकुलका शास्त्रीय कलाकारहरुको सहभागिता रहेको थियो ।

त्यस्तै राष्ट्रिय भजनगायकहरुका प्रस्तुती,लिलामय कलाकारका झाकी प्रस्तुती,मानव सेवा फाउण्डेसनका कलाकारहरुका प्रस्तुती संगै मानव सेवा फाउण्डेसन नेपालद्धारा सञ्चालित मामाघर आश्रमका बालबालिकाका विविध प्रस्तुतीहरु पनि प्रस्तुत भइरहेका छन् ।
त्यस्तै भोलिबाट नेपालकै कान्छि भागवत वाचिका बाल बिदुषी अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

1 thought on “श्री गण्डकी कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *