अन्ततः पोखराको ऐतिहासिक श्री गण्डकी कोटिहोम सञ्चालन हुनेः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगरपालिका

News

पोखरामा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी,जिल्लाका सुरक्षा निकायका प्रतिनिधीहरु,वार्ड अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु ,विश्व हिन्दु महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितीमा कोटिहोम महायज्ञ हुने निर्णय भएको हो ।


सोमबारको बैठकले पोखरामा हुँन लागेको उक्त कोटिहोम महायज्ञ सबै मिलेर सफल पार्ने निर्णय भएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले बैठकपछि जानकारी दिए ।
त्यस्तै मंगलबार बिहान पोखरा महानगरपालिकाको ४३ औं कार्यापालिकाको बैठक बसी ५ सदस्यिय विबाद समाधान समिति गठन गरेर उक्त समितिले कुन ठाउमा के गर्दा उपयुक्त हुन्छ भन्ने बारे निचोड निकाल्ले निर्णय भएको छ 

1 thought on “अन्ततः पोखराको ऐतिहासिक श्री गण्डकी कोटिहोम सञ्चालन हुनेः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *