ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा चर्चित कथा वाचिका देवी प्रतिभा आउने, भारतबाट पठाइन शुभकामना सन्देश

News

फागुन १८,आइतबार पोखरा


आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ मा चर्चित अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा आउने भएकी छिन् । कथा वाचिका देवी प्रतिभाले महायज्ञ सफलताको शुभकामना सन्देश पठाएकी छन् । कथावाचिका देवी प्रतिभाले आफु पनि सहभागी हुने जानकारी सहित भिडियो मार्फत शुभकामना सन्देश प्रवाह गरेकी हुन ।

उनले शुभकामना सन्देशमा भनेकी छन – जय श्री राधे राधे म देवी प्रतिभा । म पुनः नेपाल आउदै छु । ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ निकै भव्यताको साथमा सम्पन्न भएको हजुरहरुलाई थाहा नै छ । म पुनः २०८२ बैशाख ५ गते देखि १८ गते सम्म सुन्दर नगरी पोखरामा उपस्थित हुने छु । हजुरहरु पनि उपस्थित भई कथाको रसपान गर्न सक्नुहुने छ ।

1 thought on “ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा चर्चित कथा वाचिका देवी प्रतिभा आउने, भारतबाट पठाइन शुभकामना सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *