फागुन ७ गते पोखरा ।
कैलाशधाम निर्माणको परिकल्पनाका साथ पोखरा २२ पुम्दीकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्री महिमा २०८१ आजबाट सुरु भएको छ । आज पहिलो दिन बिशाल शोभा कलश यात्रा पनि सम्पन्न भएको छ । पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकको बसाइ लम्बाउन तथा विशाल महादेवको मूर्तिमा लेजर लाइटमार्फत शिवलीला प्रदर्शन गर्ने संरचना निर्माण गर्न आज देखि १५ गतेसम्म महायज्ञ गर्न लागेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।
महायज्ञमा अन्तर्राष्ट्रिय पुराण बाचक राधिका दासीले प्रवचन गर्ने कार्यक्रम छ । आज भागवत मञ्जरी राधिका दासीलाई भब्य स्वागत पनि गरिएको छ ।
े कैलाश पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँचका लागि शिसाको पुल निर्माण, हरियाली उद्यान, अन्तर्राष्ट्रिय ध्यानमा इको साउन्ड नियन्त्रण लगायतका संरचनाको रणनीतिक लक्ष्य राखी महायज्ञ गर्न लागेको हो । समितिले यसअघि २०७३ र २०७९ मा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव गरेर ५१ फिट अग्लो महादेवको विशाल मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, महादेव विशाल क्षेत्र कुण्ड (गंगापोखरी) १०८ स्वर्गद्वारी सिंढी, १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिंग, अन्तर्राष्ट्रिय ध्यान केन्द्र लगायतका संरचना निर्माण भइसकेका छन् ।
अब गर्ने ज्ञान महायज्ञबाट संकलित दानबाट प्रशासकीय भवनभन्दा तलको खाली जग्गामा हरियाली उद्यान निर्माण गर्ने लक्ष्य छ । समितिले पुम्दीकोट जाने मुख्य प्रवेशद्धारको रुपमा रहेको छोरेपाटन, फलेटे र तिलाहार लगायतका स्थानमा शिवधामको झल्को दिलाउने कलात्मक प्रवेशद्वार निर्माण गर्ने योजना अगाडि सारेको छ । महायज्ञको दानबाट संकलित रकमबाट शान्तिस्तूप, पुम्दीकोट, फाल्हाल्ने पोखरी, देउराली मन्दिर हुँदै भुम्दीकोट भएर थाप्ले टाइगर हिलसम्म धार्मिक पर्यटकीय पदमाग निर्माण गर्ने अध्यक्ष बरालले जनाए ।
Solaire Online Casino? Dude, that’s my go-to spot! Seriously, the slots are fire and the live dealer games make you feel like you’re right there. Check it out! solaireonlinecasino