ज्ञानेन्द्र शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभाले पारित गर्‍यो खेद प्रस्ताव

News

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानबहादुर ज्ञानेन्द्र शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ। आइतबारको राष्ट्रियसभा बैठकले शाहीले राष्ट्रियसभाको कामकारबाहीबारे सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव पारित गरेको हो।

पारित खेद प्रस्तावमा भनिएको छ, निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ। आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ।’

‘राप्रपाका प्रमुख सचेतक शाहीले सामाजिक सञ्जाल फेसबुकमा ‘राष्ट्रियसभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र’ भन्दै अभिव्यक्ति दिएका थिए।

1 thought on “ज्ञानेन्द्र शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभाले पारित गर्‍यो खेद प्रस्ताव

  1. Stargame, yeah? Seems like a solid option. Pretty standard fare, but hey, sometimes that’s all you need. If you ain’t got anything else going on, stargame might just scratch that itch.

Leave a Reply

Your email address will not be published. Required fields are marked *