हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–३ बिहिबार ।
अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरी तामाङलाई गौशाला वृत्त पठाएको थियो। तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाले जनाएको छ।
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
तामाङविरंद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन्।
MV888, I stumbled upon MV888 and figured why not. Deposit was smooth, and it was very easy to get started. Here, try it out for yourself: mv888