हालखबर मिडिया डेक्स,काठमाडौं
माघ ३ बिहिबार ।
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ।
अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो।
अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि युद्धविरामले अन्तिम रुप लिएको हो। दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको बताएको छ।
कतारको दोहामा भएको वार्तामा दुवै पक्षका अधिकारीहरूबीच एउटै भवनमा अप्रत्यक्ष वार्ता गर्दै निश्कर्षमा पुगेको हुन्। युद्धविराममा सहमति भएको ४८ देखि ७२ घण्टा भित्र लागु हुने बताइएको छ।
सम्झौता भए अनुसार हमासले पहिलो चरणमा ३४ जना इजरायली बन्धक रिहा गर्नेछ। यस्तै युद्धविरामको १६ औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता सुरू हुनेछ।
सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेर ११९५ नागरिकको हत्या र २५१ जनालाई अपहरण गरेर गाजा लगेपछि पछिल्लो युद्ध सुरु भएको थियो।
जवाफमा इजरायलले निरन्तर गाजामाथि बमबारी गरिरहेको छ । त्यसमा ४६ हजारभन्दा बढी गाजावासी मारिइसकेका छन् ।
888club… Yeah, I’ve heard of them. A friend recommended it. The bonuses seem good and the customer support was helpful when I had a question. Good Option! Visit them at 888club.