आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१७,बुधबार । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ। नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ। […]

पुरा पढ्नुहोस्

आजदेखी अंग्रेजी नयाँ वर्ष २०२५ सुरु

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१७,बुधबार । ग्रेगोरियन पात्रोअनुसार बुधबार नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण […]

पुरा पढ्नुहोस्

आज तमु ल्होसार मनाइँदै

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१५,सोमबार । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार तमु ल्होसार मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, […]

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा विमानस्थलभित्रै विमान दुर्घटना

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१४,आइतबार । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । जेजु विमान दुर्घटनामा परेको हो । […]

पुरा पढ्नुहोस्

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१३ सनिवार । कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन् । पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो । डोजरसहित एक जना […]

पुरा पढ्नुहोस्

त्रिविको ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१३,सनिवार । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आयोजना गर्ने ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिविले आज यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण […]

पुरा पढ्नुहोस्

अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ुआफ्नै श्रीमती बेच्ने व्यक्तिु खुलेपछि……

हालखबर मिडिया,डेक्स,काठमाडौंपुस–१२, शुक्रबार ।। काठमाडौं । अवैध ९२ लाख रुपैयाँसहित पक्राउ परेका आरोपितमाथि अनुसन्धान गर्दा एकजना मानव बेचबिखन मुद्दाका अभियुक्त रहेको खुलेको छ । पक्राउ परेकामध्ये सिन्धुपाल्चोकका रवि धमला मानव बेचबिखन मुद्दामा जेल पुगेरसमेत भागेको खुलेको हो । आफ्नै श्रीमतीलाई बेचबिखन गरेको कसुरमा उनी चौतारा कारागार बसेको खुलेको हो । ०७२ सालमै सिन्धुपाल्चोक जिल्ला अदालतले […]

पुरा पढ्नुहोस्

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधन

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१२,शुक्रबार । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ।उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोश भएका उनलाई बेलुकी ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो। र राति ९ः५१ बजे उनलाई मृत घोषणा गरिएको हो । सन् १९३२ […]

पुरा पढ्नुहोस्

त्रिविले थाल्यो स्ववियु निर्वाचन तयारी, ६२ आंगिक र १०४० क्याम्पसमा हुनेछ स्ववियु निर्वाचन

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–११,बिहिबार । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आगामी फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको तयारी थालेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाइएको छ। त्रिविका शिक्षाध्यक्ष एवं परिषद्का अध्यक्ष प्राडा खड्ग केसीको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले निर्वाचनको सबै तयारी गर्ने निर्णय […]

पुरा पढ्नुहोस्

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–११ बिहिबार । रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका ३ सरौली बस्ने २५ वर्षीय सागर थापा हुन् । सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको छ […]

पुरा पढ्नुहोस्