फागुन २३,बिहिबार पोखरा ।
ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको लागि भूमी पूजन कार्य शुक्रबार (भोलि) गरिने भएको छ । मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाद्धारा अगामी २०८२ बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको लागि भूमीपूजन गर्न लागिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति काठमाडौं नेपालले दिएको शुभ साइत अनुसार शुक्रबार विहान १० बजेर २१ कोटिहोम महायज्ञको लागि पूर्व मोहडा गरि भूमी पूजन गरिने कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।
भूमी पूजन कोटिहोम महायज्ञ स्थल वाराहीघाट लेकसाइडमा गरिने छ ।
Luckyph, well, let’s see if it lives up to its name lol. Okay, it keeps me busy and the features are nice! Maybe this will be your lucky day luckyph.