हालखबर मिडिया डेक्स,काठमाडौं
माघ १० बिहिबार ।
विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरू भएको छ।
टेकुस्थित पचलीमा रहेको शहीद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरू भएको हो।
सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीद शास्त्रीको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएका थिए। यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए।
सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ। कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन् । उनले देशका लागि योगदान गर्नेहरूको योगदानको कदर गर्न सक्नुपर्ने भन्दै शहीदहरूको योगदानबारेको ज्ञान पुस्तान्तरण हुँदै जानुपर्नेमा जोड दिइन्।
Alright, 92cocologin is where I spend most of my evenings. Quick login and the games are solid. Check it out, fam 92cocologin.