टर्कीको एक १२ तले होटलमा आगलागीः ७६ जनाको मृत्यु, ५० वढि घाईते

News

हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–९ बुधबार ।

टर्कीको एक १२ तले स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

बोलु प्रान्तको कार्तलकायामा रहेको अवस्थित ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो। आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो।

धुवाँका कारण होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो। स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन। त्यतिबेला होटलमा २३४ जना उपस्थित रहेका थिए। आगलागीपछि आत्तिएर होटलबाट हामफालेका मध्ये दुई जनाको मृत्यु भएको थियो। अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको जनाईएको छ।

टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन्।

1 thought on “टर्कीको एक १२ तले होटलमा आगलागीः ७६ जनाको मृत्यु, ५० वढि घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *