छवि ओझाले शिल्पालाई दिए ‘चार करोडको’ घर, पाँच वर्षपछि टुंगियो अंशमुद्दा

News


हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–८ मंगलबार ।


नेपाली फिल्म उद्योगका चर्चित निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा पाँच वर्ष लामो कानुनी लडाइँपछि टुंगिएको छ। दुवै पक्षबीचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई ‘चार करोड’ मूल्य बराबरको घर दिएका छन्।

शिल्पा पोखरेल र छवि ओझाको वैवाहिक सम्बन्धमा तनाव आएपछि उनीहरूले कानुनी प्रक्रिया अपनाउँदै अंशमुद्दा अघि सारेका थिए। शिल्पाले आफूलाई कानुनी रुपमा पाउने हकका लागि पाँच वर्षदेखि संघर्ष गरिरहेकी थिइन्। अन्ततः काठमाडौंस्थित एक महत्त्वपूर्ण घर उनको नाममा गरिदिएपछि यो विवाद समाप्त भएको हो।

शिल्पा पोखरेल र छवि ओझाको वैवाहिक जीवन सुरुवातमा सुखद देखिए पनि केही समयपछि विवादले यो सम्बन्ध बिग्रिएको थियो। शिल्पाले छविविरुद्ध घरेलु हिंसा र अंशसम्बन्धी मुद्दा दायर गरेकी थिइन्। पाँच वर्ष लामो मुद्दा र कानुनी प्रक्रियापछि अब दुवैजना आ९आफ्नो जीवन अघि बढाउन तयार छन्।

1 thought on “छवि ओझाले शिल्पालाई दिए ‘चार करोडको’ घर, पाँच वर्षपछि टुंगियो अंशमुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *