हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–२, बुधबार ।
‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ।
विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरू पनि बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
यस्तै खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्नेरु के नगर्नेरु विपद्मा कसरी संयमता अपनाउनरु सुरक्षित हुने तरिकाहरू के हुनेरु लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउँछन्।
१९९० माघ २ मा संखुवासभाको चैनपुर केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो भने ८० हजार घर सहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए।
२०४५ साल भदौं ५ गते उदयपुर केन्द्र भएर गएको भूकम्पमा ७ सय मानिसले ज्यान गुमाएका थिए। यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पमा करिब ९ हजारको मृत्यु भएको थियो।
यस्तै २०८० सालको कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा पनि जनधनको धेरै क्षति भएको थियो। उक्त भूकम्पमा परी १५३ जनाको मृत्यु भएको थियो।
Looking for a mobile gaming option? I tried the juegaenlineaapp and it’s pretty good. Clean interface, and it seems optimized for mobile. You can download it here: juegaenlineaapp