हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२८,आइतबार ।
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत वर्ष ४३६ पदका लागि विज्ञापन आह्वान गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष ६९ पदका लागि कम विज्ञापन खोलिएको हो । आयोगले सातै प्रदेशका लागि नेपाली विषयका लागि ५१ जनाको लागि आवेदन माग गरेको छ ।
त्यस्तै अंग्रेजी ८४, गणित ७५, विज्ञान ८४, सामाजिक ५२, अर्थशास्त्र ३, शुक्लयजुर्वेद २, कार्यालय सञ्चालन तथा लेखा १०, संस्कृत व्याकरण २, संस्कृत भाषा १, शिक्षा शिक्षण १, सिद्धान्त ज्योतिष १, स्वास्थ्य तथा शारीरिक शिक्षा १ र फलित ज्योतिषका लागि १ जना माग गरेको छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट पुस २८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली जततउक.यलष्लिभ.तकअ.नयख.लउ मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट डाउनलोड÷सूचना÷विज्ञापनबाट प्राप्त गर्न र हेर्न सकिनेछ ।
१८ वर्ष पुरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सकिनेछ । तर, वहालवाला स्थायी शिक्षकको हकमा भने उमेर हद नलाग्ने आयोगले जनाएको छ । माध्यमिक तहको स्थायी अध्यापन अनुमति प्राप्त गरेका व्यक्तिले आवेदन दिन पाउनेछन् । सामाजिक विषयको अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिहरूले भने अर्थशास्त्र र स्वास्थ्य तथा शारीरिक विषयको परीक्षामा समेत उम्मेदवार हुन सक्ने आयोगले जनाएको छ ।
संस्कृत तर्फका विषयहरूको हकमा नेपाली विषयमा स्थायी अध्यापन अनुमतिपपत्र प्राप्त गरेका व्यक्तिले समेत आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
Easy access is all I need. This lodi291app delivers, pretty simple to understand the instructions. Wanna try for yourself? Go to lodi291app