अनुज पछाई,काठमाडौं ।

ईशा गुरुङ्ग नाम भन्ने बित्तिकै नचिन्ने सायद छन् होला । विदेशी भूमिमा रहेर नेपालीहरुको दुखको सारथी बन्ने नै उनको काम जस्तै बनेको छ । बर्षाैदेखि समाजसेवाको क्षेत्रमा राम्रो पहिचान बनाउन सफल गुरुङ्ग समाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहेकी छन् ।
कर्मथलो परदेश बेलायत बनाएकी गुरुङ्ग समय समयमा नेपाल आउने गर्दछिन् । यस पटक पनि उनि पारिवारीक भेटघाटको लागि २ हप्ता अगाडी नेपाल आएकी थिइन । नेपाल आएको भोलि पल्ट नै रास्वपा सभापति रवि लामिछानेको हस्ताक्षर कार्यक्रममा साथ दिनको लागि रास्वपा केन्द्रिय कार्यालय पुगेपछि उनको चर्चा थप चुलिएको थियो ।

यसैबिच धार्मिक आस्था बोकेकी गुरुङ्ग मानव सेवा फाउण्डेसनको सामाजिक तथा धार्मिक कार्यक्रमहरुमा लामो समयदेखी जोडिएर प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिदै आएकी छन् । मानव सेवा फाउण्डेसनले श्रावण १ गतेबाट पशुपति परिसरमा ऐतिहासिक श्री मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ आयोजना गरेको छ । उद्घाटन शत्रमा महायज्ञको दर्शन गर्न पुगेकी समाजसेवी तथा सामाजिक अभियान्ता गुरुङ्गले महायज्ञको उदेश्य बुझेपछि त्यहाँ पनि आफ्नो सहयोगको भावना नदेखाई छाडिनन् । उनि मामाघर आश्रममा रहेका कुनै एक बालकको अभिभावक बन्ने गरि सेवा दान पनि गरिन । उनले रु १ लाख १ हजार १११ सहयोग गरि आश्रममा रहेका कुनै एक अभिभाव विहिन बालकको अभिभावक बनेकी छिन् ।

मानव सेवा फाउण्डेसनले २ ओटा आश्रम सञ्चालन गरेको छ । ललितपुरको गोदावरीमा मामाघर आश्रम जहाँ अहिले ८४ जना भन्दा बढी बालबालिकाले निःशुल्क गाँस,बास कपास र शिक्षा प्राप्त गरिरहेका छन् । त्यस्तै भक्तपुरको ताथलीमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम जहाँ पनि अहिले साहारा बिहीन ज्येष्ठ नागरिक आमाबुवाहरुले सेवा प्राप्त गरिरहेका छन् ।
अहिले उक्त सङ्कट मोचन विराट ज्ञान महायज्ञ आश्रमको आफ्नै भवन निर्माणका लागि आयोजना गरिएको छ । उक्त कुरा बुझेर गुरुङ्गले अभिभावक बन्ने गरि सेवा गरेकी हुन् ।
उनि नै उक्त सङ्कट मोचन विराट ज्ञान महायज्ञको पहिलो दानवीर दाता पनि हुन् । गुरुङ्गले गत बर्ष सञ्चालन भएको पशुपति कोटिहोम महायज्ञमा पनि ५१ हजार बढी सेवा दान अर्पण गरेकी थिइन । गुरुङ्ग बिदाको समयमा पारिवारिक भेटघाटका लागि नेपाल आएकी थिइन । उनि पुनः आज नै बेलायत फर्किदै छिन् ।