अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताबीच आजकै दिन फोनमार्फत समसामयिक विषयमा कुराकानी तय भएको हो ।
यसअघि बुधबार नै टेलिफोन संवाद हुने भनिए पनि कार्यक्रम स्थगित भएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मोदीसँग फोन संवाद गर्ने जानकारी दिएकी थिइन् । तर, बुधबार किन कार्यक्रम स्थगित भयो भन्नेबारे स्पष्ट जानकारी आएको छैन ।
यसअघि सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग भेट गरी मोदीको सन्देशसमेत बुझाएका थिए ।