सनातन सञ्चार गृह डेक्स,काठमाडौं
मंसिर २५ मंगलबार ।

काठमाण्डौको दक्षिण–पश्चिम भेगमा पर्ने चन्द्रागिरिको विष्णुदेवी मन्दिरमा बिहानैदेखि सातगाउँले जात्राको रौनक शुरू भएको छ । विभिन्न ठाउँबाट रथ ल्याएर पूजाअर्चनाको काम भइरहेको छ । जात्रा हेर्न आउनेहरुको बिहानैदेखि घुइँचो छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ ।

काठमाण्डौको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार बिहानै सबै गाउँको रथ बल्खुसम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित चन्द्रागिरी तीनथानामा रहेको विष्णुदेवी मन्दिरमा ल्याउने गर्छन् ।

आज कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई ठाउँमा पनि विष्णुदेवी र बालकुमारी रथयात्रा भइरहेको छ ।