राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा ७ असारमा सार्वजनिक गर्ने घोषणा गरेको भए पनि असम्भव भएको छ । बोर्डका अनुसार तोकिएको मितिभन्दा अझै एक सातापछाडि अर्थात् १५ असारसम्म नतिजा प्रकाशन भैसक्नेछ । यस वर्ष बोर्डले पहिलोपटक परीक्षाअघि नै नतिजा प्रकाशनको मिति सार्वजनिक गरेको थियो ।

महाश्रम शर्मा अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड
घोषित मितिमा नतिजा आउन सक्दैन । किनभने शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो, जसको असर नतिजा प्रकाशनमा परेको छ ।

वैशाख महिनामा झन्डै एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भएकाले नतिजा समयमा आउन नसक्ने स्थिति बनेको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए । ‘घोषित मितिमा नतिजा आउन सक्दैन,’ अध्यक्ष शर्माले भने, ‘किनभने शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो, जसको असर नतिजा प्रकाशनमा परेको छ ।’